१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्यो ३३ करोड



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चयकोषलाई किस्ता वापतको रु ३३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको छ ।

निगमले जहाज खरिद गरेबापत कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता रकम बुझाएको आज विज्ञप्तिमार्फत जनाएको हो । ‘कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोबडी जहाज खरिदको साँवा र ब्याजबापतको रकम पछिल्लो पटक पुस २९ गते भुक्तानी गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

यसअघि निगमले गत असार ३० गते रु एक अर्ब ३५ करोड र कात्तिक १ गते रु ७३ करोड नौ लाख ५५ हजार दुई सय ८१ भुक्तानी गरेको थियो । विगतमा विविध कारणले सञ्चयकोष तथा नागरिक लगानीकोषको ऋण दायित्व भुक्तानी नभइरहेकोमा पछिल्ला दिनमा नियमितरूपमा किस्ता तिर्दै आएको निगमले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० पुस २०७९, शनिबार  ९ : ०८ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको