१६ चैत्र २०७९, बिहिबार | March 30, 2023

विमान दुर्घटना प्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त



काठमाडौं । आइतबार पोखरामा यति एयरको विमान दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । विमान दुर्घटनाको खबरले आफू मर्माहत भएको बताउँदै भारतिय प्रधानमन्त्री मोदीले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्ः ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।’

आइतबार काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका चार जनासहित ७२ जना सवार थिए । ती मध्ये ६९ जनाको शव फेला परेको छ भने ३ जना अझैँ बेपत्ता रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ८ : ५६ बजे

सरकारी चिकित्सकलाई निजी क्लिनिकमा नेम प्लेट राख्न प्रतिबन्ध

काठमाडों । अवदेखि सरकारी अस्पतालमा दरबन्दीमा रहेका चिकित्सकहरुले निजी क्लिनिकमा

अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

काठमाडौं । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई

रसुवागढी/केरुङ दुईतर्फी व्यापार पूर्णरूपमा सञ्चालन हुँदै, तातोपानी/झाङ्मु नाका बैशाखबाट खुल्ने

काठमाडौं । रसुवागढीरकेरुङ नाकामा दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाडौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ

विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको