५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सुदुरपश्चिममा सभामुख चयनको सकस, आज पनि प्रदेशसभा बैठक बस्दै



धनगढी । सभामुख चयन गर्न आज पनि सुदुरपश्चिम प्रदेशसभाको बैठक बस्दैछ ।

गत शुक्रबार दोस्रोपटक सभामुख चयन गर्न नसकेको प्रदेशसभाले आज जसरी पनि सभामुख चयन गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । अंकगणितका आधारमा निर्णायक पोजिसनमा रहेको नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा शुक्रबार सभामुख चयन अनिर्णित बनेको थियो ।

प्रदेशसभा बैठक बसेको १५ दिनभित्र सभामुख चयन भैसक्नुपर्छ । आज सुदुरपश्चिम प्रदेशसभा बसेको १५ दिन पुग्दैछ ।

प्रदेशसभाको बैठक बस्नुअघि अहिले बिहान सर्वदलीय बैठक बसेको छ ।

रकार निर्माणको क्रममा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले शुक्रबार भने आफ्ना माग पुरा नभएसम्म तटस्थ बस्ने जनाएको थियो । मन्त्री नियुक्त गर्दा आफुहरुसँग कुनै छलफल नगरेको, रेशम चौधरीलाई रिहा नगरेको आरोप सो पार्टीले लगाएको छ । नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सांसद रहेका छन् ।

सदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद रहेका छन् । यस्तै, एकीकृत समाजवादीका ४ जना, राप्रपा १ र स्वतन्त्र १ सासंद छन्।

सभामुख चयन गर्न कम्तिमा २७ मत चाहिन्छ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार  ९ : ४५ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही