२३ बैशाख २०८३, बुधबार | May 7, 2026

सर्वदलीय बैठक : सहमति र सहकार्य खोज्ने प्रधानमन्त्रीको प्रयास



काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा सहमति र सहकार्य जारी राख्ने विषयमा दलहरुको धारणा अपेक्षा गरेका छन् ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दललाई प्रधानमन्त्री प्रचण्डले सहमति र सहकार्य जारी राख्ने अपेक्षा गरेका हुन् । उनले आफुलाई विश्वासको मत दिने दलहरुलाई धन्यवाद दिएका छन् ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन, “प्रधानमन्त्रीले देशमा हुने सम्पूर्ण राजनीतिक विषयमा पनि सहमति र सहकार्य भइरहोस् भन्नुभयो, राजनीतिक दलका नेताहरूले पनि त्यसमा सहमति जनाउनुभएको छ ।”

प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको विश्वासको मतलाई सम्मान गर्नुभएको र सबैलाई मिलाएर अघि बढ्नु आफ्नो जिम्मेवारी भएको बैठकमा राखेका थिए । उनले प्रतिपक्षले पनि सरकारलाई विश्वासको मत दिने परिस्थिति मौलिक तथा राष्ट्रिय सहमतिको सन्देश दिएको बताएका सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले जानकारी दिइन ।

बैठकमा प्रधानमन्त्रीले सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै बदलिएको परिस्थितिमा के–कसरी अगाडि बढ्न सकिएला भन्ने विषयमा नेताहरूको सुझाव मागेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव मागेका थिए ।

सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मन्त्रिपरिषद्ले पूर्णताः पाएको बताउँदै संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा प्रधानमन्त्रीले राखेका थिए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा (एमाले)बाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शङ्कर पोखरेल, एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ८ : १६ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा