२५ चैत्र २०८२, बुधबार | April 9, 2026

उपप्रधानमन्त्री श्रेष्ठद्वारा नारायणगढ-बुटवल सडक खण्डको अनुगमन, समयमै काम सम्पन्न गर्न निर्देशन



नवलपुर । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्ड, छ लेन सडक बिस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गरेका छन् ।

चाइनिज व्यवसायिक कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ले ठेक्का पाएको एकसय १४ कीलोमीटर लामो यो सडक, सम्झौताका हिसाबले हालसम्म निर्माण सम्पन्न भैसक्नुपर्ने थियो। हाल एकबर्ष समय थप भएपनि काममा सन्तोषजनक प्रगति नभएको र निर्माण गतिको सुस्तताका कारण जनताले सास्ती भोग्नुपरेको यथार्थबीच उपप्रधानमन्त्री आफैंले निर्माण प्रगतिबारे स्थलगत चासो लिएका हुन् ।

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक बिभागका महानिर्देशक अर्जुनजङ्ग थापा र आयोजना प्रमुखहरूलाई साथमै लिएर निरीक्षणमा पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले आयोजनाको कार्यालय, गैंडाकोट पुगी निर्माण कम्पनीका प्रतिनिधिसङ्ग योजना सुस्तताको कारणबारे प्रश्न गरेका थिए । कम्पनीका प्रतिनिधिले खानेपानी, विद्युत, ढल, कोभिड, क्रसर व्यबसायीका समस्या जस्ता औपचारिक कारण देखाएपनि अब कामले द्रुततर र गुणस्तरीय गति लिनेगरी अगाडि बढ्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।

‘समस्या के हो प्रष्ट भन्नुस्, अब कुनैपनि बहानामा आलटाल स्वीकार्य हुँदैन’, त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले भने ‘आर्थिक, सामाजिक गुणात्मक बिकास र समृद्धिका लागि हामी परम्परागत होइन, गतिशील ढङ्गले काम गर्न खोजिरहेका छौं। यसका लागि तपाईंहरूको सकारात्मक सहयोग हुनुपर्छ।’

कम्पनीका प्रतिनिधिले समयसीमामै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ०४ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास