२३ भदौ २०८३, मंगलबार | September 8, 2026

माओवादी पार्टीबाट बिदा भए सभामुख घर्तीमगर



बुटवल । लुम्बिनी प्रदेशको सभामुख पदमा निर्वाचित भए लगत्तै तुलाराम घर्तीमगर नेपालले कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) त्यागेका छन् । माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा पाल्पा जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेका घर्तीले सभामुखमा निर्बिरोध निर्वाचित भए लगत्तै पार्टी त्यागेको घोषणा गरेका हुन् ।

उनले पार्टीको लुम्बिनी प्रदेश समिति र माओवादी केन्द्र संसदीय दललाई धन्यवाद दिएका छन् । ‘तपाईहरुको सहयोगले फरक भुमिकामा पुगेको छु सोही अनुसार जिम्मेवारी निभाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उउनले भने- ‘मलाई सभामुख पदको उम्मेदवारमा सिफारिस गर्ने पार्टी र संसदिय दलप्रति आभारी छु ।’

सभामुख घर्ती मगरलाई माओवादी केन्द्र लुम्बिनी प्रदेश समितीका अध्यक्ष सुदर्शन बराल, संसदीय दलका नेता जोख बहादुर महरा, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने, सचीव कृष्ण अधिकारि कोषअध्यक्ष निर्दोश अलि लगायतका नेताहरुले बधाई तथा शुभकामना दिएका थिए ।

घर्तीमगर ०७४ को निर्वाचनमा समेत प्रदेश सभा सदस्यमा बिजयी भएका थिए । यस अघि उनी माओवादी केन्द्र संसदिय दलको प्रमुख सचेतकको जिम्मेवारीमा थिए । उनी पाल्पाबाट प्रदेस सभा सदस्य पदमा बिजयी भएका हुन् ।

सभामुख घर्तीमगरले बुधबार दिउँसो १ बजे प्रदेश प्रमुखसमक्ष पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ४६ बजे

रसुवा बाढीबाट सिक्नुपर्ने पाठ

सोलुखुम्बु । रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज