१३ माघ २०८२, मंगलबार | January 27, 2026

कलाकार हरिवंश आचार्यले गरे डा. सन्दुकलाई राष्ट्रपति बनाउने प्रस्ताव



काठमाडौं । चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले डा।रुइतलाई राष्ट्रपति बनाउन सके नेपालको प्रतिष्ठा नै बढ्ने बताएका छन् । रुइतले नेपालीको मात्र होइन, संसारकै ज्योतिविहीनहरूको आँखाको उज्यालो छरेकाले उनलाई राष्ट्रपति बनाउनुपर्ने जिकिर गरेका हुन् ।

‘मनमा कुरा घुमिरहन्छ। यो देशको अबको रास्ट्रपति नेत्र विशेषज्ञ डा। सन्दुक रुइतलाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला । जसले नेपालीको मात्र नभई संसारकै ज्योतिविहीनहरुको आँखामा उज्यालो छर्न सक्नुभयो र नेत्रज्योतिको क्षेत्रमा आफ्नो अनुसन्धान संसारकै लागि उपयोग सिद्ध सावित गर्नुभयो । त्यसको मूल्यांकन गरी उहाँलाई संसारले नै सम्मान गरिरहेको छ । यसैअन्तर्गत उहाँलाई बहराइन सरकारले दश लाख डलरको (इसा अवार्ड) बाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको छ,’ आचार्यले लेखेका छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  १० : ०५ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी