काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएकाछन् ।
प्रतिनिधिसभाको आजको बैठकमा भएको मतदानमा घिमिरे १६७ मतका साथ विजयी भएका हुन् ।
सभामुखको कार्यभार सम्हालेका जेष्ठ सांसद पशुपति शमशेर जबराले घिमिरे विजयी भएको घोषणा गरेका छन् ।
प्रस्तावको विपक्षमा १०० मत परेको । तटस्थमा १ मत परेको छ ।
नेकपा एमालेका सांसद घिमिरेलाई सत्ता साझेदार दलहरुका साथै, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरुको समर्थन रहेको थियो ।
मतदानमा २६८ जना सांसद उपस्थित थिए ।
घिमिरे निर्वाचित भएपछि नेपाली कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेका लागि मतविभाजन गर्न परेन ।
प्रतिक्रिया