८ चैत्र २०८२, आइतबार | March 22, 2026

लाफा समुहले ‘लाफा खेल संग्राम-२०७९’ आयोजना गर्दै



बुटवल । बुटवलमा खेल क्षेत्रमा क्रियाशिल लाफा समुहले यस वर्ष पनि समूहको स्थापना दिवसको अवसर पारेर पाँचौ लाफारप्रथम मेयर कप बि लेभल मेन्स डबल तथा भेट्रान्स मेन्स डबल व्याडमिन्टन प्रतियोगिता ‘लाफा खेल संग्राम-२०७९’ को आयोजना गर्ने भएको छ ।

लाफा समुहले विहीबार बुटवलमा पत्रकार सम्मलेनको आयोजना गरी यही माघ ७ र ८ गते व्याडमिन्टन प्रतियोगिता तथा माघ १२ गतेदेखि १५ गतेसम्म भलिबल प्रतियोगिता गर्दै ‘लाफा खेल संग्राम-२०७९’ आयोजना गर्न लागेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै लाफा समूहका वरिष्ठ उपाध्यक्ष ज्ञानु थापाले यस वर्ष देखि नियमित खेलहरुमा मेर र उपमेयर कप थप भएको जानकारी दिए । उनले ब्याडमिण्टन तर्फ प्रथम मेयर कप र भलिवल तर्फ उपमेयर कप भलिवल थप भएको बताए । स्थापनाकालदेखि लाफा समूहले यस प्रकारका प्रतियोगिताको आयोजना गर्दै आइरहेको यस वर्ष पनि त्यसैको निरन्तरता भएको उनले बताए ।

कार्यक्रम संयोजक विजय गुरुङ्गका अनुसार पाँचौँ लाफा तथा प्रथम मेयर कप वि लेभल मेन्स डबल प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा द्धितिय हुनेले नगद २५ हजार, ट्रफि, र प्रमाणपत्र पाउने छन् । त्यसैगरि सेमिफाइनलमा पुग्ने र क्वाटरफाइनलमा पुग्ने २र२ टिमले कम्रशः नगद १५ हजार र १० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको खेल संयोजक गुरुङ्गले बताए ।

भेन्ट्रान्स मेन्स डबल प्रतियोगिता तर्फ प्रथम हुनले २५ हजार ५५५, द्वितीय हुनेले १५ हजार ५५५ र सेमिपफाइनलमा पुग्नेले १० हजार ५५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने खेल संयोजक गुरुङ्गले बताए । खुल्ला बि लेभल मेन्स डबलमा प्रतियोगितामा लुम्बिनी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशको टिम गरी ६० टिमको सहभागिता रहने छ भने भेन्ट्रान्स मेन्स डबलमा कम्तीमा ३५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तै दोस्रो लाफा तथा प्रथम उपमेयर कप बि लेभल भलिबल प्रतियोगिता–२०७९ मा प्रथम हुनेले नगद ४५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए । गुरुङका अनुसार प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, ८ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । भलिबल प्रतियोगितामा २० देखि २५ टिमको सहभागिता रहने छ भने टिम दर्ताका लागि २ हजार ५ सय शुल्क लाग्ने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि २० लाख बढी खर्च लाग्ने आयोजक लाफा समूहले अनुमान गरेको छ । प्रतियोगिताको मुख्य प्रयोजक बुटवल उपमहानगरपालिका र सहप्रायोजकको रुपमा प्रदेश खेलकूल परिषद रहने तय भएको बरिष्ठ उपाध्यक्ष थापाले बताए । गत वर्ष बि लेभल मेन्स डबल तथा भेट्रान्स मेन्स डबल व्याडटमिन्टनको उपाधी आयोजक लाफा समूहले जितेको थियो भने भलिबल मदन भण्डारी स्पार्टस एकेडेमीले हात पारेको थियो ।

 

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  १० : ११ बजे

CFRD and GCD Deliver Panda Packs to 5,005 Students Across 56 Rural Nepali Schools

Kathmandu: week-long intensive educational mission across Nepal’s rural heartlands concluded

देशका १२३ वटा विद्यालयहरुमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ संचालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल

युद्ध सुरु भएदेखि ८० हजार भन्दा बढी नागरिक स्थलमा आक्रमण

काठमाडौं । संयुक्त राज्य अमेरिका र इजरायलले इरानविरुद्धको युद्ध सुरु

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ