काठमाडौं । शुक्रबा बिहान त्रिभुवन विमानस्थलमा भिजिविलिटी कम हुँदा नेपालगन्जदेखि काठमाडौं आएको श्री एयरलाइन्सको जहाज झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गर्नुपरेको छ ।
यसैगरी मलेसियाको क्वालालाम्पुरबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाज भारतको कलकत्ता डाइभर्ट हुन बाध्य भएको छ ।
काठमाडौंसहित तराईका अन्य ठूला विमानस्थलहरुमा समेत भिजिविलिटी निकै कम हुँदा चालक
दलका सदस्यसहित ५२ यात्रु बोकेर नेपालगन्जबाट उडेको जहाज भद्रपुर पुगेको हो । श्री एयरलाइन्सको जहाज बिहान ७ बजे नेपालगन्जबाट उडेको थियो ।
यस्तै अन्तराष्ट्रिय विमान अवतरणमा समेत समस्य हुँदा नेपाल एयरलाइन्सको आरएनए ४१६ कलसाइनको जहाज कलकत्ता पुग्न बाध्य भयो ।
त्रिभुवन विमानस्थलको भिजिविलिटी बिहान १५०० मिटर थियो भने अहिले बढेर १६०० मा पुगेको छ । भरतपुर, सिमरा र विराटनगर पनि भिजिबिलिटी निकै कम रहेको छ ।



















प्रतिक्रिया