४ आश्विन २०८३, आइतबार | September 20, 2026

‘अपाङ्गता भएका व्याक्तिहरुको रोजगारीमा लगानी बढाउनुपर्दछ’



बुटवल । लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले अपाङ्गता भएका समुदाय अहिले पनि रोजगारीबाट विमुख रहेको भन्दै उनले सीप, क्षमता अनुसारको उचित प्रकृतिको रोजगारी सृजना गर्न सबै जनाले हातेमालो गर्नुपर्ने बताएका छन् ।

उनले अपाङ्गता भएका समुदायलाई समाजको मुलधारमा ल्याउनको लागि सबै जनाले आ आफ्नो स्थानबाट योगदान दिनुको विकल्प नभएको भन्दै उनले सबै जना मिलेर रोजगारी सृजना गरी सोही अनुसारको व्यवस्थापन गर्नुपर्ने बताएका हुन ।

फाउन्ड परियोजना, द ल्याप्रोसी मिसन नेपाल बुटवल कलस्टरको आयोजनामा बुटवलमा ‘सरोकालवालाहरु सग समन्वय तथा सिकाइ र अनुभव आदान प्रदान कार्यक्रम’मा बोल्दै प्रदेश सभा सदस्य पन्थीले उक्त कुरा बताएका हुन ।

परियोजना बुटवल कलस्टरका राधा भटराईका अनुसार कार्यक्रममा सिद्धार्थनर नगरपालिका भैरहवाका उप मेयर उमा अधिकारी, तिलोत्तमा नरपालिकाका उप मेयर जागेश्वर देवी चौधरी, राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सदस्य सावित्रा घिमिरे, प्रदेश अध्यक्ष हुमनाथ अधिकारी सहित विभिन्न उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

द ल्याप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा देशभर फाउन्ड परियोजना चलिरहेको छ । कार्यक्रममा फाउन्ड परियोजनाका निर्देशक चिरन्जीवि शर्मा, बुटवल कलष्टर प्रमुख रामदयाल यादव, फाउन्डका सल्लाहकार गुणानीधी तिवारी लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
अपाङ्गता भएका व्याक्ति र कुष्टप्रभावितहरुको क्षेत्रमा रोजगारी सृजनाका लागि फाउन्ड परियोजनाले काम गर्दै आएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ६ : ०३ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब