८ पुस २०८२, मंगलबार | December 24, 2025

‘अपाङ्गता भएका व्याक्तिहरुको रोजगारीमा लगानी बढाउनुपर्दछ’



बुटवल । लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले अपाङ्गता भएका समुदाय अहिले पनि रोजगारीबाट विमुख रहेको भन्दै उनले सीप, क्षमता अनुसारको उचित प्रकृतिको रोजगारी सृजना गर्न सबै जनाले हातेमालो गर्नुपर्ने बताएका छन् ।

उनले अपाङ्गता भएका समुदायलाई समाजको मुलधारमा ल्याउनको लागि सबै जनाले आ आफ्नो स्थानबाट योगदान दिनुको विकल्प नभएको भन्दै उनले सबै जना मिलेर रोजगारी सृजना गरी सोही अनुसारको व्यवस्थापन गर्नुपर्ने बताएका हुन ।

फाउन्ड परियोजना, द ल्याप्रोसी मिसन नेपाल बुटवल कलस्टरको आयोजनामा बुटवलमा ‘सरोकालवालाहरु सग समन्वय तथा सिकाइ र अनुभव आदान प्रदान कार्यक्रम’मा बोल्दै प्रदेश सभा सदस्य पन्थीले उक्त कुरा बताएका हुन ।

परियोजना बुटवल कलस्टरका राधा भटराईका अनुसार कार्यक्रममा सिद्धार्थनर नगरपालिका भैरहवाका उप मेयर उमा अधिकारी, तिलोत्तमा नरपालिकाका उप मेयर जागेश्वर देवी चौधरी, राष्ट्रिय अपाङ्ग महासंघ केन्द्रीय सदस्य सावित्रा घिमिरे, प्रदेश अध्यक्ष हुमनाथ अधिकारी सहित विभिन्न उद्योग बाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

द ल्याप्रोसी मिसन नेपाल, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल उद्योग बाणिज्य महासंघको सहकार्यमा देशभर फाउन्ड परियोजना चलिरहेको छ । कार्यक्रममा फाउन्ड परियोजनाका निर्देशक चिरन्जीवि शर्मा, बुटवल कलष्टर प्रमुख रामदयाल यादव, फाउन्डका सल्लाहकार गुणानीधी तिवारी लगायतले आ-आफ्नो भनाई राखेका थिए ।
अपाङ्गता भएका व्याक्ति र कुष्टप्रभावितहरुको क्षेत्रमा रोजगारी सृजनाका लागि फाउन्ड परियोजनाले काम गर्दै आएको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ६ : ०३ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना