६ श्रावण २०८३, बुधबार | July 22, 2026

बोक्सी

हाईकु कथा



पीताम्बरलाई समातेको क्षयरोगले । शङ्का बोक्सीको । ज्वरो,खोकी र मुखबाट रगत । चिन्तामा डुबेकी पत्नी बाटुलीले धामीलाई बोलाई ।

कथाकार

बाटुली किंकर्तव्यविमुढ । चिन्तामग्न सन्तेको मनमा कुरा खेल्दा खेल्दा उसको स्मृतिपटलमा अस्पतालमा काम गर्ने गाउँकी विमला नर्सको तस्विर फुर्न थाल्यो । सन्ते आफनो दाइको उपचारको विकल्प खोज्दै त्यही नर्सकाहाँ पुग्यो । भाउजूलाई आश्वासन दिएर ।

कथाकारधामी काम्दै–चामल छर्दै गाउँकी एउटी,गरिब दुःखी महिलालाई सङ्केत गरेर भन्यो,बोक्सिनीले मुटु कलेजो खाइसकेकीछ । त्यसलाई धपाउन कालो बोको, कालो भाले, ध्वजा अक्षता र खरानी चाहिन्छ ।

बाटुलीको परिवारले ऋण गरेर सो अनुसार व्यवस्था गरे । धामीको रीति अनुसार कारबाही सम्पन्न भयो,धामीहरुलाई रक्सी मासुको भण्डारा गराएर । निरर्थक । आज भोलि गर्दागर्दै पाँचदिन व्यतित भयो । बिरामीको अवस्थामा सुधार हुनुको साटो झन झन गम्भीरतातिर बल्झिरह्यो ।

बिदामा घर बसेकी नर्सलाई वृतान्त बताएर आग्रह ग¥यो,सन्तेले । विमलाको मनमा परोपकारिता उम्रियो,फ्लोरेन्स नाइटिंङ्गल सम्झेर । सन्तेको पछि लागेर आइन् र विरामीलाई स्टेस्थेस्कोपले परीक्षण गरी हिस्टी सोधिन् । खोकी लाग्ने,ज्वरो आउने, खोकीसँग रगत आउने …आदि । उनले अन्दाजी निदान गरिन् टी.बी. रोगको । आकस्मिक काम ।

भरिया र डोको व्यवस्था गर्न लाएर काटिएको डोकोमा बिरामीलाई बोकाई तुरुन्त अस्पताल पु¥याइन्,सन्तेको साथमा । डाक्टरले शीघ्र ल्याबटेस्ट गर्न लगाए । टी.बी. रोग नै रहेछ । तत्कालै अस्पताल भर्ना गरी औषधी चलाए । क्रमशः घण्टा,दिन,हप्ता हुँदै महिना पुगेपछि बिरामी पीताम्बर रानाको ज्यान मृत्युको मुखबाट बच्यो । पीताम्बरको मुख उज्यालिदै पूर्व अवस्थातिर आयो । उपचारको कोर्स, ६ महिना ।

: कथाकार गणेश जीसीको प्रकाशोन्मुख हाईकु कथा संग्रहबाट

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ५२ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको