४ पुस २०८२, शुक्रबार | December 19, 2025

समाज रुपान्तरणमा निखारिएर आएकी इन्दिरालाई उपसभामुख बनाउँ : सोविता गौतम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले उपसभामुखमा दुई सीमान्त समुदायका महिला प्रतिस्पर्धामा रहनु सुखद पक्ष भएको बताएकी छिन् ।

प्रतिनिधिसभा बैठकमा उपसभामुखमा इन्दिरा राना मगरलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै सांसद गौतमले यस्तो बताएकी हुन् । गौतमले लोकतन्त्र भनेको शासन पद्धति मात्र नभएको जिकिर गर्दै सीमान्त समुदायका महिला प्रतिस्पर्धामा आउनु नै लोकतन्त्रको सुन्दर र सुखद पक्ष भएको बताइन ।

समाजको सबैभन्दा पिछडिएको वर्गले मूलधारको प्रतिस्पर्धामा भाग लिन पाउँदा मात्र लोकतन्त्रको अब्बल परीक्षा सम्भव हुने उनको जिकिर थियो ।

गौतमले मगर उपसभामुखमा निर्वाचित हुँदा उक्त पदको गरिमा बढ्ने दाबी गरिन । उनले समाज रूपान्तरणमा निखारिएर राजनीतिमा आएकाकी मगरलाई उपसभामुखमा निर्वाचित गर्न सबै सदनलाई आग्रह समेत गरिन् ।

उपसभामुख पदमा सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी मगर र विपक्षी गठबन्धनबाट कांग्रेस सांसद मुक्ताकुमारी यादव प्रतिस्पर्धामा रहेका छन् ।

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  २ : ०२ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म