१६ असार २०८३, मंगलबार | June 30, 2026

हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफलाई



बुटवल । जिल्लास्तरीय अन्तरमावि हिसान कप फुटसल प्रतियोगिताको उपाधि सेन्ट जोसेफले हात पारेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा सिद्धार्थ बोडिङ स्कुललाई ४-० को गोल अन्तर हराउंदै फुटसलको उपाधि सेन्ट जोसेफले हात पारेको हो ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको आयोजनामा शुक्रबारदेखि शुरु भएको प्रतियोगितामा रुपन्देहीका १९ संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ ।

उपाधि विजेता सेन्ट जोसेफले नगद ३० हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त ग¥र्यो भने उपविजेता बनेको सिद्धार्थ बोडिङले १५ हजार नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त ग¥र्यो । विजयी टिमलाई हिसानका केन्द्रीय सल्लाहकार परिषदका निर्देशक प्रा.डा.आर.सी आचार्य, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, खेलसंयोजक लक्ष्मण अर्यालले संयुक्त रुपमा पुरस्कार वितरण गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका आचार्यले हिसानले विद्यालय तहबाट खेलाडि उत्पादन गर्ने लक्ष्यका साथ आयोजना गरेको प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।

कार्यक्रम हिसानका उपाध्यक्ष मधुप्रकाश ज्ञवालीको स्वागत तथा हिसानका सचिव बाबुराम बन्जाडेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ५ : २५ बजे

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा