५ माघ २०८२, सोमबार | January 19, 2026

सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्छ : माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले परम्परागतरूपमा मनाइँदै आएका सबै जातजाति, समुदायका पर्व र संस्कृतिको संरक्षण गर्नुपर्ने बताएका छन् ।

सोनाम ल्होछारको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्रमा फरक विशेषता बोकेका पर्व संस्कृतिले नेपाली समाजलाई एकापसमा एकताबद्ध गर्न सहयोग पु¥याउने बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकामा बसोबास गर्ने सबै जातजातिका समुदायका मौलिक चाडपर्व तथा संस्कृति नेपालको विशेषता रहेको उल्लेख गर्दै बहुसंस्कृतिले सम्पन्न नेपाल र नेपालीको अन्तर्राष्ट्रिय तहमा गौरव बढाएको बताए ।

सोनाम ल्होछारका सन्दर्भमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको विज्ञप्तिमा बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

हिमाल, पहाड र तराईका जनताको भावनालाई एकताबद्ध गर्न विविध संस्कृतिको महत्व रहेको यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुने गरी स्थापित गर्ने सन्देशमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  १० : ४९ बजे

नेपाली कांग्रेसले टुंग्यायो १४० निर्वाचन क्षेत्रमा उम्मेदवार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले १४० निर्वाचन क्षेत्रको उम्मेदवारल

बाँके ३ मा दलबहादुरको टिकट खोसियो, अव एमाले उम्मेदवार सुमन मल्ल

खजुरा । आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर ३

उद्योगी चुन्नप्रसाद पौडेललाई कांग्रेसले बनायो रुपन्देही-२ को उम्मेदवार

बुटवल । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी

बुटवल पुगेर विष्णु पौडेलले भने – ‘रुपन्देहीलाई मैले भुल्न कहाँ सक्छु’

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच