१३ भदौ २०८३, शनिबार | August 29, 2026

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आईसीयू संचालनमा



खजुरा । बाँकेको खजुरामा रहेको पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। ६ शय्या क्षमताको अस्पतालको आइसीयू कक्षको एक कार्यक्रमकाबीच संघीय सरकारका स्वास्थ्य मन्त्री पदम गिरीले उदघाटन गरेका छन् । मन्त्री गिरीले आइतबार आइसीयू सेवाको सुरुवात गरेका हुन्।

दादुरा प्रभावित क्षेत्रको अवलोकन गर्न बाँके पुगेका मन्त्री गिरीले सोही क्रममा क्यान्सर अस्पतालमा संचालन गरिएको आईसीयू कक्षको उदघाटन गरेका हुन् ।

उदघाटनको क्रममा बोल्दै उनले क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता गरे ।

जनस्तरबाट मुट्ठी दानगरेर अस्पताल बनाउन शुरु गरिएको सो अस्पताल २०७२ साल देखि सरकारले स्वामित्व ग्रहण गरेर संचालन हुँदै आएको छ । संघीय सरकारले स्वामित्व ग्रहण गरेपनि अस्पतालका लागि दरबन्दी सृजना नगरिँदा अस्पतालले करार सेवाबाट जनशक्ति परिचालन गर्दै आएको छ ।

अघिल्लो महिना मात्र रेडियो थेरापीसँग सम्बन्धित लिन्याक उपकरण अस्पतालमा भित्रिएसँगै क्यान्सरको सम्पूर्ण उपचार खजुराबाटै हुन सक्ने अवस्थामा रहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ललदे बताए ।  उनले लिन्याक मेसिन संचालनमा आए पछि क्यान्सरका बिरामीहरुलाई अप्रेसन पछि गरिने सेकाई तथा अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने जनाए।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १२ : ०२ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक