७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा आईसीयू संचालनमा



खजुरा । बाँकेको खजुरामा रहेको पश्चिम नेपालको एकमात्र क्यान्सर अस्पताल सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसीयू सेवा सञ्चालनमा आएको छ। ६ शय्या क्षमताको अस्पतालको आइसीयू कक्षको एक कार्यक्रमकाबीच संघीय सरकारका स्वास्थ्य मन्त्री पदम गिरीले उदघाटन गरेका छन् । मन्त्री गिरीले आइतबार आइसीयू सेवाको सुरुवात गरेका हुन्।

दादुरा प्रभावित क्षेत्रको अवलोकन गर्न बाँके पुगेका मन्त्री गिरीले सोही क्रममा क्यान्सर अस्पतालमा संचालन गरिएको आईसीयू कक्षको उदघाटन गरेका हुन् ।

उदघाटनको क्रममा बोल्दै उनले क्यान्सरका बिरामीको उपचारका लागि अस्पतालका लागि आवश्यक सहयोग सरकारले गर्ने प्रतिबद्धता गरे ।

जनस्तरबाट मुट्ठी दानगरेर अस्पताल बनाउन शुरु गरिएको सो अस्पताल २०७२ साल देखि सरकारले स्वामित्व ग्रहण गरेर संचालन हुँदै आएको छ । संघीय सरकारले स्वामित्व ग्रहण गरेपनि अस्पतालका लागि दरबन्दी सृजना नगरिँदा अस्पतालले करार सेवाबाट जनशक्ति परिचालन गर्दै आएको छ ।

अघिल्लो महिना मात्र रेडियो थेरापीसँग सम्बन्धित लिन्याक उपकरण अस्पतालमा भित्रिएसँगै क्यान्सरको सम्पूर्ण उपचार खजुराबाटै हुन सक्ने अवस्थामा रहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्ललदे बताए ।  उनले लिन्याक मेसिन संचालनमा आए पछि क्यान्सरका बिरामीहरुलाई अप्रेसन पछि गरिने सेकाई तथा अप्रेसन नगर्दै गरिने सेकाईहरुलाई सहज हुने जनाए।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  १२ : ०२ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने