७ पुस २०८२, सोमबार | December 22, 2025

अधिकारकर्मी रुबी खान सहितको अभियन्ताहरु धर्नास्थल नजिकैबाट पक्राउ



काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुनी धोबीका लागि न्यायको माग गर्दै विगत २६ दिन देखि धर्ना सहित आन्दोलनरत अधिकारकर्मी रूबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार माइतीघरबाट र्‍यालीसहित अगाडि बढिरहेको बेला खानसहितका अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो।

अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला प्रहरीले पक्राउ गरेको हो । आजको धर्ना र ¥यालीलाई वृहत नागरिक आन्दोलनले पनि साथ रहेको थियो ।

माइतीघर मण्डलामा विगत २६ दिनदेखि जारी धर्नामा वृहत नागरिक आन्दोलनका अभियन्ताहरू पनि आज सहभागी भएका थिए ।

निर्मला कुर्मी हत्या तथा नन्कुनी धोबीको अत्महत्या प्रकरणको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २६ दिनदेखि चलिरहेको धर्नालाई शसक्त बनाउन माइतीघरमा भेला भएको बेला प्रहरीले धरपकड गरेको अभियन्ताहरूले बताएका छन्।

आजको धर्नामा महिला अधिकारको पक्षमा सिल्पी थिएटरका युवाहरूले सडक नाटक देखाएका थिए।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ४ : ५५ बजे

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला

निर्वाचन सुधारका तीन विषयमा सरकारले माग्यो सुझाव – ‘नो भोट’देखि प्रवासी मतदानसम्म

काठमाडौं । सरकारले निर्वाचन प्रणाली सुधारसँग सम्बन्धित तीन महत्वपूर्ण विषयमा

मितेरी पुल निर्माणसँगै केरूङ पासको नवीकरण सुरु

रसुवा । नेपाल–चीनबीचको ल्हेन्देखोलामा मितेरीपुल पुनर्निर्माण भएसँगै अध्यागमन कार्यालय रसुवाले

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार