काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
बिहान १० बजेदेखि १ घण्टा भएको भेटवार्तामा राष्ट्रपति उपराष्ट्रपति निर्वाचन लगायत समसामयिक विषयमा छलफल भएको छ ।
एमालेले पूर्वसहमतिअनुसार राष्ट्रपति आफुले पाउने दाबी गर्दैआएको छ ।
दुई नेताबीच विभिन्न प्रदेशमा बाँकी रहेको मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा पनि छलफल भएको जनाइएको छ।



















प्रतिक्रिया