२३ बैशाख २०८३, बुधबार | May 7, 2026

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्त्रिपरिषद् विस्तार गरेकाछन् ।

आठ मन्त्री नियुक्त गर्दै मौजुदा तीन सदस्यीय मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाइएको हो ।

नव नियुक्त मन्त्रीहरू कुमारी मोक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, केशवप्रसाद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, डम्बरबहादुर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु बिष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

विना विभागीय मत्री उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको कार्यभार तोकिएकामा यसअघिनै जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार तोकिएको थियो ।

सपथग्रहण समारोहमा मुख्यमन्त्री जमकट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री थपलिया र विना विभागीयमन्त्री थापा पनि उपस्थित थिए ।

गत पुस २६ गते मुख्यमन्त्री जमकट्टेलको नेतृत्वमा तीन सदस्यीय मन्त्री मन्त्रिपरिषद् गठन गरिएको थियो ।

नवनियुक्त मन्त्रीहरुले आजै आ–आफ्नो मन्त्रालयको कार्यभार सम्हालेको बागमती प्रदेश मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ३ : ४७ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा