१२ बैशाख २०८१, बुधबार | April 24, 2024

महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २५ जना घाइते



महोत्तरी । महोत्तरीको बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । सिन्धुलीस्थित लंगुर खोलाबाट तीर्थ गरेर फर्किएका एक जनाको ज्यान गएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

ट्याक्टरमा सवार सवै यात्रु धनुषास्थित औरही नगरपालिका वडा नम्बर ५ का हुनसक्ने प्रहरीको अनुमान छ । घाइते मध्ये गम्भीर घाइते दुई जनाको सनाखत हुन सकेको छैन । अन्य सवै औरही वडा नम्बर ५ का नै भएको प्रहरीले जनाएको छ ।

आज बिहान  बर्दिबास-३ स्थित पाटु मोडमा २५ जना सवार प्रदेश २-०२-००१ त.२२६४  नम्बरको ट्याक्टर अनियंत्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार चालक भने फरार भएका छन । घाइते भएका मध्ये ४०/४५ वर्ष उमेरको जस्तो देखिने महिलालाई उपचारको लागि बर्दिबासस्थित जनसेवा अस्पताल ल्याउने क्रममा वाटो मै मृत्यु भएको  नायव उपरिक्षक रावलले जानकारी दिए ।

पहिचान खुल्न नसकेको दुई जना महिलाको  बर्दिबासमा उपचार हुन नसकेपछि जनकपुस्थित चन्द्रकला अस्पताल पुर्‍याइएको छ ।

त्यसैगरी औरही नै बस्ने कुमारी मण्डल  सामान्य उपचार पश्चात जनकपुर रामजानकी अस्पतालमा  रिफर गरिएको छ । उन्को पनि अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले वताएको छ ।

अन्य घाइते हुनेहरुमा  जुलेवी मण्डल,  चन्द्र कुमारी मण्डल,  रेम्नी देवी, नयन कुमारी मण्डल, पवन देवी मण्डल, सिकिलिया मण्डल,सिता कुमारी मण्डल, सुकुमरिया देवि, देवू मण्डल, कुसुम मण्डल, कलादेवी मण्डल, सुमित्रा देवी ठाकुर, चन्द्रा देवी मण्डल रहेको प्रहरीले जनाएको छ ।

अहिले उनिहरुको उपचार जनकपुरस्थित रामजानकी अस्पताल, चन्द्रकला अस्पताल, बर्दिबासस्थित जनसेवा, सुभस्वस्तिक र बर्दिबास अस्पतालमा उपचार भैइरहेको छ ।

ट्याक्टर अनियंत्रित भएर सडकमा नै पल्टिएको स्थानिय प्रत्यक्षदर्शीले वताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  ५ : २७ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको