२३ बैशाख २०८३, बुधबार | May 7, 2026

माओवादी केन्द्र स्थायी कमिटीको बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।

आजका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुनेछ । यसैगरी, आगामी राष्ट्रपतिको निर्वाचन, सरकारको काम-कारबाही, पार्टी संगठन र बिचार मिल्ने दलसँग एकता लगायतका विषय पनि छलफल हुने एक नेताले बताएका छन् ।

माओवादी केन्द्रले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको अन्तिम गृहकार्य गरिरहेको छ । दुवै पार्टीका वार्ता समितिले एकताको अन्तिम ड्राफ्ट तयार गरिसकेको बताएका छन् । त्यसका लागि आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना रहेको छ ।

दुवै पार्टीको बैठकले स्वीकृत गरे पछि पार्टी एकता हुनेछ । डा. भट्टराई नेतृत्वको नेसपाले गत निर्वाचनमा माओवादीकै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ११ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा