३ चैत्र २०८२, मंगलबार | March 18, 2026

काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान


१३ माघ २०७९, शुक्रबार  

260
Shares

काठमाडौं । काभ्रेलाञ्चोकमा पछिल्लो समय पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ ।

गत मङ्सिर पहिलो सातादेखि महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिजको सङ्क्रमण देखिएको थियो । त्यसको मण्डनदेउपुरको एउटा वडा तथा रोशी गाउँपालिकामा पनि रेबिज फैलिएको थियो । मण्डनदेउपुर–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टि भएको छ । रेबिज देखिएपछि उक्त क्षेत्रका पशुचौपायालाई खोप लगाउन थालिएको पशु चिकित्सक राजकुमार हुमागाईँले बताए ।

मण्डनदेउपुरका केही स्थानमा छ महिनाको अवधिमा २२ गाई मरिसकेका छन् । स्थानीय हरिप्रसाद नेपालका अनुसार माघमा मात्रै दुई गाई मरेका छन् । यस्तै मरेको कुकुरमा रेबिज पुष्टि भएको स्थानका करिब ५० जनालाई रेबिजविरुद्धको खोप लगाइएको छ । थप व्यक्ति पहिचान गरी खोप लगाइने नगरका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले बताए ।

उक्त स्थानमा स्थानीयस्तरका स्वास्थ्य शाखा, पशु शाखा, जिल्ला स्वास्थ्य कार्यालय र केन्द्रको विज्ञ टोलीले निगरानी गरिरहेको छ । केही महिनाअघि भुम्लु गाउँपालिकामा रेबिजका कारण पशुचौपायाको मृत्यु भएपछि त्यहाँका पशुचौपाया र दुई सय ८९ जनालाई रेबिजविरुद्धको खोप लगाइएको थियो । महाभारत गाउँपालिकामा पनि रेबिजका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्धको खोप लगाइएको छ । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि महाभारत–१ गोकुले र वडा नं ८ को घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिए ।

यसैबीच रेबिज सङ्क्रण नियन्त्रणका लागि स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईँले महाभारत, मण्डनदेउपुर र रोशीमा रेबिज फैलिएकोबारे अध्ययन भइरहेको बताए । “खोप अत्यन्तै प्रभावकारी छ, रेबिज लागेपछि र लाग्नुअघि खोप लगाउँदा पूर्णरूपमा सुरक्षित भइन्छ”, उनले भने। रेबिजबाट २०७७ चैतयता काभे्रपलाञ्चोकमा छ जनाको मृत्यु भएको छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । उनान्सय प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे र पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : ५१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड