२२ असार २०८३, सोमबार | July 6, 2026

सिरहामा वन कर्मचारीकै मिलोमतोमा काठ तस्करी



सिरहा । सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।

जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यलय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरुले आरोप लगाएका हुन् । डिभिजन वन कार्यालयको मातहतमा रहेका सव डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलोमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी गराउने गरेको स्थानीयहरु बताउँछन् ।

जिल्लाको गोलबजार नगरपालिका–३ जम्दहको चोरपानेबाट दुई ट्याक्टरभन्दा बढी अवैध रुपमा तस्करहरुले फडानी गरी राखिएको अवस्थामा खयर जातको काठ बरामद गरेको वन कार्यालय लहानले जनाएको छ ।

ईन्द्रेणी सेवा समाजद्वारा संरक्षित ऐलानी पर्ती जमिनमा लगाइको खयरको रुख तस्करले कटान गरी लुकाएर राखेको अवस्थामा स्थानीयले जानकारी गराएपछि काठ नियणन्त्रनमा लिएको हो ।

यहाँका समुदायिक वनको काठ सव डिभिजन वन कर्मचारीको सेटिङमै अवैध रुपमा फडानी गरी चोरी निकासी हुने गरेको स्थानीय आन्नद कुमार सुनाउँछन् ।

उनले रुख फडानी भइरहेको विषयमा स्थानीयहरुले सव डिभिजन वन कार्यालयका कर्मचारीला पटक पटक जानकारी गराउँदासमेत बेवास्ता गरेको गुनासो पोखे । काठ तस्करी रोक्न डिभिजन र सव डिभिजनका प्रमुखहरूलाई समेत जानकारी गराउँदा बेवास्ता गरेको उनको गुनासो छ ।

‘काठ तस्करी र नियन्त्रणमा न वनको सक्रियता देखाएको छ न प्रहरीले नै,’ उनले थपे, ‘नियामक निकायकै मिलेमतोमा काठ तस्करी फस्टाएको छ । वन फडानीबारे जानकारी गराउँदा वन कर्मचारी सुन्दैनन् । तस्करी भइरहेको जानकारी गराउँदा न वन कर्मचारी वास्ता गर्छन् न । वन र प्रहरीको मौनताले काठ तस्करीमा उनीहरुको सेटिङ प्रष्ट देखिन्छन् ।’

खबर पाउना साथ डिभिजन वन कार्यालयको टोलीले शुक्रबार करिब ७० क्युविफिट काठ बरामद गरेको सिरहाका प्रमुख निमित्त डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले जनाएको छ ।

बरामद काठ ल्याउने काम भइसकेको र फडानी गर्नेको परिचय पनि छिटै खुलिने अधिकृत मिश्रले बताए । अनुसन्धानकै क्रममा रहेकाले तत्काल सबै कुरा भन्न नसक्ने वन कार्यालय प्रमुख मिश्रले बताए।

यता, अवैध रुपमा काठ तस्करी गर्नेको नाम गोलबजार–३ कै दुःखी नामले परिचित ज्ञानकुमार साह रहेको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताए ।
यसअघि पनि उनले खयरका रुखहरु काटेको विषयमा स्थानीयस्तरमा सचेत गराए पनि एकपटक वन कार्यालयको मिलोमतोमा जंगलको काठ फडानी गरी अवैध रुपमा चोरी तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

यस विषयमा सव डिभिजन कार्यालय चोहर्वाका प्रमुख सत्य नारायण यादबसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : ३० बजे

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी