११ चैत्र २०७९, शनिबार | March 25, 2023

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आइतबार बिहान सूचना जारी गर्दै यस्तो बताएको हो ।

‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ,’ सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।’

यस्तै, राति प्रदेश १, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

‘सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै, यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ,’ सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ४० बजे

कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने

काठमाडौं । कोशी प्रदेश नामाकरण विवादपछि चैत ५ गते भएको

असिनाले हिउँदेबाली र तरकारीखेती नष्ट

बेनी । शुक्रबार परेको भीषण असिनाले उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा

हरियो धनियाँको मुठा बेचेर वार्षिक तीन लाख

बेनी । दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित

प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहसहित नौ जना उच्च

मिथिलामा वासन्ती छठ पर्व सुरु

महोत्तरी । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा