६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

२४ लाख गायत्री मन्त्र जप गरेपछि गोविन्दा बन्ने हिरो



मुम्बई । बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए । एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो । ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे ।

गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए । उनको सोही वर्ष  अर्को फिल्म ‘लव डट’ रिलिज भयो । दुवै फिल्म बक्सअफिसमा सुपरहिट भयो । यद्यपि सन् १९९२ मा रिलिज फिल्म ‘शोला और शबनम’ले गोविन्दाले कमेडी किंगको पदक नै पाए । आफ्नो करियरमा १ स्य ६५ भन्दा बढी फिल्ममा अभिनय गरेका गोविन्दाले कम उमेरमै सफलता पाए । उनी जहिल्यै आमालाई यसको श्रेय दिन्छन् ।

गोविन्दाका अनुसार उनले केवल १४ वर्षकै उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेका थिए । ‘मैले जे पाएँ, आमा बाबुको आशीर्वादबाट पाएँ । खास रुपमा आमाको नाम यसकाण लिन्छु कि जब म १४ वर्षको थिएँ । त्यो बेला आमाले मलाई गायत्री उपासना गर्नु भन्नुभयो । मैले २४ लाख गायत्री उपासना गरें । म कहिल्यै हिरो देखिन्न थिएँ । तर गायत्री मन्त्र जपेपछि म हिरो देखिन थालें’, उनले भनेका छन् ।

गोविन्दाले मात्र २२ वर्षको उमेरमा एकसाथ ५० फिल्म साइन गरेका थिए । यस्तो घटना मुम्बई फिल्म उद्योगमा कहिल्यै भएन । यति धेरै फिल्म साइन गरेपछि गोविन्दालाई लिएर एक पत्रिकाले कभर स्टोरी गरेको थियो, जसमा उनलाई ‘सुनको अण्डा दिने कुखुरी’ भनिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ८ : १६ बजे

सहिद परिवारले दिए प्रचण्डलाई निर्वाचन खर्च

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ुप्रचण्डुलाई सहिद

नागरिकका सम्पत्ति ध्वस्त पार्ने प्रवृत्तीको अन्त्य गर्नुपर्छ : उम्मेदवार पुन

खजुरा । नेपाली कांग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर

प्रतिज्ञापत्रबारे सभापति थापासँग भोलि बिहीबार खुला प्रश्नोत्तर

ललितपुर । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर

बुटवलको सेमलारमा परोपकार कुञ्ज धाम निर्माणका लागि श्रीमद् भागवत महायज्ञ सुरु

बुटवल । बुटवल उपमहानगरपालिका-१५, सेमलार भाटा प्रगति टोलमा परोपकार कुञ्ज

मतदाताका सुझाव लिंदै पौडेलको टोल भेला जारी

बुटवल । एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का