काठमाडौं । सर्वोच्चको फैसलाबाट अनागरिक बनेका रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । अनागरिक बनेपछि मौन बसेका उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेको बताइएको छ ।
विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जाने तयारीमा उनी रहेको रवि निकट स्रोतले जनाएको छ । सम्भवत उनले आज १२ बजे सम्ममा नागरिकता पाउने छन् । प्रशासनमा अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुराना नागरिकताको प्रमाणपत्र र प्रतिलिपी, फोटो र भर्नुपर्ने निस्साको फारम भरेर पेस गरेपछि नागरिकता प्राप्त गर्न सक्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकारीले बताए ।
लामिछाने उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दल नेता थिए। अदालतको आदेशसँगै उनका सबै पद खोसिएको छ ।
नागरिकता प्रकरणको फैसला आएपनि रवि विरुद्ध अमेरिकी नागरिकता कायम रहेका बेला नेपालबाट निकालेको राहदानी, अदालतले अबैध ठहर गरेको नागरिकता प्रयोग गरेर रविले भए गरेका काम कारवाहीका मुद्दा भने कायम रहेको छ ।



















प्रतिक्रिया