१७ माघ २०८२, शनिबार | January 31, 2026

इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरोमा कलाकार दयाहाङ्ग राइ आबद्ध



काठमाडौ । विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै आएको नेपालको सबै भन्दा ठुलो डिजिटल रेमिट्यान्स् कम्पनी इसेवा मनी ट्रान्सफरले नेपाली सिने जगतका सुपरस्टार दयाहाङ्ग राइलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ । यसअघि नै नेपाली सिने जगतका महानायक राजेश हमाल पनि ब्राण्ड एम्बेसेडरका रुपमा इसेवा मनी ट्रान्सफर संग आवद्ध रहेका छन् ।

राइ इसेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरु संग मिलेर सम्पन्न हुने विभिन्न “मेरो डिजिटल देश“ अभियानका विभिन्न किसिमका प्रचार–प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

यस अवसरमा कलाकार राइले भने, “इसेवा मनी ट्रान्सफर जस्तो छोटो समयमा नै प्रगतिको शिखर चुम्न सफल रेमिट्यान्स कम्पनीसंग आवद्ध हुन पाउँदा म एकदमै खुशी र साथमा उत्साहित पनि छु। विदेश गएर काम गर्दै आउनुभएका दाजुभाई–दिदीबहिनीसँग भेट्न पनि म आतुर छु, यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिट्यान्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ“।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने,“दयाहाङ्ग राइको नेपालमा मात्र नभएर युएई र सारा संसार भरि नै फ्यान पÞmलोइङ्ग एकदमै राम्रो रहेको छ, यो त उनकोे कामको प्रभावले नै हो र उहाँ जस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आवद्ध गर्न पाउँदा सम्पूर्ण इसेवा मनी ट्रान्सफर टोली एकदमै हर्षित छ ।

आशा छ उहाँको आगमनले हाम्रो यस कम्पनीलाई थप चार्चा र सफलताको शिखरमा पुर्याउनेछ र मेरो डिजिटल देश जस्तो काठमाडौँमा घर दिने अभियानलाई सार्थकता प्रदान गर्ने छ ।

इसेवा मनी ट्रान्सफरले वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवर्दनका लागि यो अभियान सुरू गरेको थियो । हाल यस अभियानमा विदेशमा रहनुभएका नेपालीहरुको उत्साहजनक सहभागीता रहेको छ र यसै अनुरुप अभियान निरन्तर रुपमा संचालन हुने इसेवा मनी ट्रान्सफरले जनाएको छ ।

यस अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ५ : ४१ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।