४ पुस २०८२, शुक्रबार | December 20, 2025

बाँकेमा श्रीमती र नाबालक छोरालाई जिउँदै जलाएर श्रीमान फरार, दुबैजना गम्भीर घाइते



नेपालगन्ज । बाँकेको कोहपलुरमा आफ्नै श्रीमानले श्रीमती र नाबालक छोरा माथि पेट्रोल खन्याएर आगो लगाई हत्या प्रयास गरेका छन् । कोहलपुर नगरपालिका २ का स्थानीय श्रीमान भानुभक्त विकले आफ्नै श्रीमती र छोरालाई पेट्रोल छर्किएर आगो लगाई हत्या प्रयास गरेका हुन् ।

आज साँझ करिब ७ बजेको समयमा घरायसी झगडामा श्रीमान विकले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको इलाका प्रहरीले जनाएको छ ।

गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए । डीएसपी मल्लका अनुसार २ वर्षिय प्रिन्सको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

आगो लगाए लगत्तै भानुभक्त फरार भएको उनले बताए । प्रहरीले फरार भानुभक्तको खोजीलाई तिब्र बनाएको पनि डीएसपी मल्लले बताए ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १० : ०८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको