१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

श्रीमती र छोरालाई जिउँदै जलाएर फरार भानुभक्त जमुनाहाबाट पक्राउ, २ वर्षीय छोराको मृत्यु



नेपालगन्ज । बाँकेमा श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाई फरार भएका भानुभक्त विक पक्राउ परेका छन् । नेपालबाट भागेर भारत पस्ने तयारी गरेका बेला प्रहरीले विकलाई नेपाल भारत सीमाको जमुनाहा नाकाबाट पक्राउ गरेको हो ।

आईतबार साँझ ७ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं २ शक्तिनगरमा आफ्नै श्रीमती र २ वर्षिय छोरालाई पेट्रोल छर्किएर आगो लगाई विक फरार भएका थिए । फरार रहेका विकलाई प्रहरीले मध्य राति बांकेको जमुनाहा नाकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घरायसी झगडामा उनले ३० वार्षिया श्रीमती गंगा विक र २ वर्षीय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएर फरार भएका थिए । आगोले डढेर गम्भीर भएकी गंगाको उपचार भइरहेको छ भने २ वर्षिय छोरा प्रिन्सको उपचारका क्रममा मध्यराती नै मृत्यु भएको छ । प्रिन्सको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । उनलाई आज बिहान बोर्न अस्पता किर्तीपुर लैजाने तयारी गरिएको थियो ।

आइतबार बिहानैबाट घर झगडा गरिरहेका भानुभक्त परिवारमा साँझ आफ्नै मोटरसाईकलबाट पेट्रोल निकालेर आमाछोरामाथि खन्याउँदै भानुभक्तले आगो लगाउको छिमेकीहरुले बताएका छन् ।

पक्राउ परेका भानुभक्तलाई ज्यान मार्ने उद्योग अन्तर्गत हिरासतमा राखि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : ५६ बजे

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष