४ पुस २०८२, शुक्रबार | December 19, 2025

भुतखोलामा डुबेर एकजनाको मृत्यु



बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा तिनाउ गाँउपालिका २ भुतखोलामा घुम्न पुगेका एकजनाको भुतखोलामा डुबेर मृत्यु भएको छ । राजमार्गकै छेउमा पर्ने तिनाउको पर्यटकीय स्थल भुत खोलामा फोटो खिच्ने क्रममा भुतखोलामा डुबेर आइतबार दिउँसो पश्चिम नवलपरासीका २४ वर्षीय अजिम पठानको ज्यान गएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको सिद्धार्थनगर(४ का २२ वर्षीय साथी दिपक कुमार बानियासँगै घुम्न गएका पठानले फोटो खिच्न बनाइएको सेल्फी जोनको पुलमा बसेर फोटो खिच्ने क्रममा ढुँगामा चिप्लेर खोलामा खसेका थिए । खोलाको पानी जमेर बनेको तलाउमा पठान डुबे लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएकोमा अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ११ : १३ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१