२४ बैशाख २०८१, सोमबार | May 6, 2024

श्रीमती र छोरालाई जिउँदै जलाएर फरार भानुभक्त जमुनाहाबाट पक्राउ, २ वर्षीय छोराको मृत्यु



नेपालगन्ज । बाँकेमा श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाई फरार भएका भानुभक्त विक पक्राउ परेका छन् । नेपालबाट भागेर भारत पस्ने तयारी गरेका बेला प्रहरीले विकलाई नेपाल भारत सीमाको जमुनाहा नाकाबाट पक्राउ गरेको हो ।

आईतबार साँझ ७ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं २ शक्तिनगरमा आफ्नै श्रीमती र २ वर्षिय छोरालाई पेट्रोल छर्किएर आगो लगाई विक फरार भएका थिए । फरार रहेका विकलाई प्रहरीले मध्य राति बांकेको जमुनाहा नाकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घरायसी झगडामा उनले ३० वार्षिया श्रीमती गंगा विक र २ वर्षीय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएर फरार भएका थिए । आगोले डढेर गम्भीर भएकी गंगाको उपचार भइरहेको छ भने २ वर्षिय छोरा प्रिन्सको उपचारका क्रममा मध्यराती नै मृत्यु भएको छ । प्रिन्सको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । उनलाई आज बिहान बोर्न अस्पता किर्तीपुर लैजाने तयारी गरिएको थियो ।

आइतबार बिहानैबाट घर झगडा गरिरहेका भानुभक्त परिवारमा साँझ आफ्नै मोटरसाईकलबाट पेट्रोल निकालेर आमाछोरामाथि खन्याउँदै भानुभक्तले आगो लगाउको छिमेकीहरुले बताएका छन् ।

पक्राउ परेका भानुभक्तलाई ज्यान मार्ने उद्योग अन्तर्गत हिरासतमा राखि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐनबहादुर मल्लले बताए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : ५६ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८