३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक



काठमाडौं । स्थायी समिति बैठकको नियमित कायूसूचीलाई स्थगित गरेर नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको हो। बैठकमा हाल रिक्त रहेको गृहमन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुनः दाबीका विषयमा छलफल भैरहेको छ । लामिछानेको नागरिकता अवैध भएपछि सर्वोच्चको आदेशअनुसार मन्त्रीपदबाट बाहिरिएका लामिछानेले नागरिकता पुनः प्राप्ति गरेपछि सोही पदको दाबी गरेका छन् ।

यस्तै बैठकमा हिजो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको छलफल, राष्ट्रपति निर्वाचन लगायतका समसामयिक विषयमा पनि छलफल भैरहेको छ ।

पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी तयार पारिएको योजनामा समेत छलफल हुँदैछ । पदाधिकारी बैठकबाट पारित भएको योजना स्थायी समिति र त्यसपछि केन्द्रीय समितिमा लैजाने तयारी छ ।

 

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : १८ बजे

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय