७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रपतिमा सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु नै राष्ट्रिय सहमति हो : एमाले महासचिव पोखरेल



काठमाडौं । राष्ट्रपति निर्वाचनमा माओवादीले राष्ट्रिय समहति खोज्ने निर्णय गरिरहेकै बेला नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भने सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको पनि सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु नै भएको बताए । “राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सबैको सहमति खोज्नु हो”, महासचिव पोखरेलले भने ।

केन्द्र र सातवटै प्रदेशमा सत्तापक्षको बहुमत रहेकाले राष्ट्रपतिमा सत्तापक्षको उम्मदेवार विजयी हुने विश्वास उनले व्यक्त गरे । उनले नेपाली कांग्रेसले प्रतिपक्षमा बसेर राज्यको प्रमुख दाबी गर्न नमिल्ने पनि बताए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : १९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११