१७ कार्तिक २०८३, मंगलबार | November 3, 2026

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल



बुटवल । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले बुटवलमा सोमबार आयोजना गरेको कार्यक्रममा उनले आफू मुख्यमन्त्री रहँदा बुटवलमा प्रदेशकै ठूलो विकास परियोजनाका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालको योजना अगाडि बढाइएको स्मरण गरे । उनले प्रदेशका सबै क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

प्रदेश राजधानीको विषयलाई लिएर बुटवल र दाङबीच प्रतिस्पर्धा गराउनुभन्दा दुवै क्षेत्रको सम्भावना उपयोग गर्दै समग्र प्रदेशको विकासलाई प्राथमिकतामा राख्नुपर्ने स्पष्ट पारे । विकासका साझा एजेन्डामा राजनीतिक आग्रहभन्दा माथि उठेर सहकार्य गर्नसके प्रदेशको आर्थिक तथा सामाजिक समृद्धिमा योगदान पुग्ने उनको भनाइ थियो ।

लोकतन्त्रको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन र मुलुकको विकासका लागि राजनीतिक दलहरूबीच सहकार्य र संवाद आवश्यक रहेको महासचिव पोखरेलको भनाइ थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ७ : ३४ बजे

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले

रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

भोजपुर । निरन्तर वर्षापछि मौसममा सुधार आएसँगै भोजपुरका किसानलाई धानबाली

मङ्गलामा मौरीपालनबाट आयआर्जन तथा रोजगारी प्रवर्द्धन परियोजना

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिकामा यस वर्ष व्यावसायिक मौरीपालनबाट आयआर्जन

नेपाल बार एसोसिएसनद्वारा अध्ययन समिति गठन

काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका सवालमा

पोखरा-मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा

गण्डकी । पृथ्वी राजमार्गअन्तर्गत पोखरा-मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा