३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

जबजको मार्गमा अघि बढ्न एमालेको आह्वान, लोकप्रियतावाद अस्थायी चुनौती : महासचिव पोखरेल



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ सामु लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद जस्ता चुनौती अस्थायी रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा संस्थापक नेताहरूको स्मरण गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

“जबजका समृद्ध विचारका अगाडि अल्गोरिदमले सिर्जना गरेको लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना मात्र हुन्,” उनले उल्लेख गरेका छन् । उनले कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान व्यक्त गर्दै जबजको मार्गदर्शनमा समाजवादतर्फ दृढतापूर्वक अघि बढ्न आह्वान गरेका छन् ।

पोखरेलले नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठलगायतका नेताहरूको योगदानको स्मरण गरेका छन् ।

यसै अवसरमा आज एमाले केन्द्रीय कार्यालयमा आयोजना हुने ७७औँ स्थापना दिवस कार्यक्रममा उपत्यकामा रहेका नेता-कार्यकर्तालाई सहभागी हुन र काठमाडौं बाहिर सम्बन्धित कमिटीहरूले आयोजना गरेका कार्यक्रममा पनि उपस्थित हुन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ८ : २२ बजे

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन