६ माघ २०८२, मंगलबार | January 20, 2026

एघार वर्षपछि कलाकार बाङ्देलको सालिक उद्यानमा राखियो


१७ माघ २०७९, मंगलबार  

195
Shares

खोटाङ । वरिष्ठ कलाकार एवं साहित्यकार लैनसिं बाङ्देलको सालिक ११ वर्षपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकामा उद्यान (पार्क) निर्माण गरेर राखिएको छ । दिक्तेल बजारमा अलपत्र अवस्थामा रहेको उनको अर्धकदको सालिक ऐसेलुखर्क-१ राखाबाङ्देलको शुक्रबारेडाँडास्थित बेनेसेनमा उद्यानमा राखिएको हो ।

साहित्यकार बाङ्देलको सालिक वडा कार्यालयबाट दुई लाख बजेट विनियोजन गरेर घेराबारासहितको उद्यान निर्माण गरेर राखिएको वडाध्यक्ष पुरुषोत्तम राजभण्डारीले बताए ।

‘राखाबाङ्देल कलाकार बाङ्देलको पुख्र्यौली थलो हो’, उनले भने, ‘लामो समयसम्म दिक्तेल बजारमा अलपत्र बनेको बाङ्देलको सालिक वडा कार्यालयको सहयोगमा उद्यान निर्माण गरेर उनकै पुर्ख्यौली थलोमा सम्मानस्वरुप राखिएको छ ।’

सार्वजनिकस्थलमा राख्ने गरी मोरङको बेलबारीका मूर्तिकार श्याम गौतमले बाङ्देलको सालिक बनाएर विसं २०६७ मा तत्कालीन जिल्ला विकास समितिलाई हस्तान्तरण गरेका थिए ।

कलाकार गौतमले बाङ्देलको सालिकसहित हलेसीमा राख्ने गरी एउटा शिवलिङ्ग र बसाहाको ढुङ्गेमूर्ति निःशुल्क हस्तान्तरण गरेको जनाइएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित पसल तथा होटलको पेटीमा अपमानित तरिकाले पाँच–छ वर्ष राखिएको बाङ्देलको सालिकलाई विसं २०७३ मा तत्कालीन गाविसबाट ढुवानी खर्च छुट्याएर ट्र्याक्टरमा बोकेर राखाबाङ्देल लगिएको थियो । दिक्तेलसम्म सालिक पुर्‍याउने क्रममा तत्कालीन जिल्ला विकास समितिले गौतमलाई रु ३० हजार भाडा दिएको जनाइएको छ ।

जिविस र जिल्लास्थित राजनीतिक दलका नेताहरूले दिक्तेलको रत्नपार्क आसपासमा बाङ्देलको सालिक राख्ने निर्णय गरेका थिए । तर निर्णय कार्यान्वयनमा कसैले चसो नदिँदा कलाकार बाङ्देलको सालिक दिक्तेल बजारमा वर्षौंसम्म सडकपेटीमा प्लाष्टिकले छोपेर बेवारिसे अवस्थामा राखिएको थियो ।

स्थापनामा चासो नदिँदा दिक्तेलमा बेवारिसे बनेको कलाकार बाङ्देलको सालिक स्थापनाका लागि विसं २०७१ मा अगमसिं राईको संयोजकत्वमा १५ सदस्यीय लैनसिं बाङ्देल प्रतिमा स्थापना समिति गठन गरिएको थियो । नाछिरिङ राई समुदायका साहित्यकार बाङ्देकको सालिकलाई पुख्र्यौली थलो राखाबाङ्देल लैजान सोही ठाउँका नाछिरिङ समुदायले नै अग्रसरता देखाएका थिए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : ०३ बजे

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई

नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा