२२ असार २०८३, सोमबार | July 7, 2026

लामिछाने विरुद्धको उजुरी दर्ता भएन, सर्वोच्चको पुर्ण पाठ पछि निर्णय हुने



काठमाडौं । सर्वोच्च अदालतको आदेशवाट मन्त्री र सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दोहारो राहदानीविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परे पनि दर्ता भने हुन सकेको छैन  ।

सिन्धुली जिल्लाका युवराज पौडेल सफलले मंगलबार काठमाडौं प्रहरी कार्यालयमा अमेरिका र नेपालको दोहोरो राहादानी लिएको आरोपमा अनुसन्धान गर्न उजुरी दिए पनि प्रहरीले उनी बिरुद्धको उजुरी भने हाललाई दर्ता गरेको छैन ।

काठमाडौं प्रमुख दानबहादुर कार्कीका अनुसार नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआएको हुनाले जाहेरी दर्ता नगरिएको हो । निवेदनमा पौडेलले खारेज भएको नागरिकताका आधारमा राहदानी लिएको भन्दै लामिछानेलाई राहदानी ऐन अनुसार कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन गएका थिए ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ४३ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ