३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

माओवादी केन्द्र स्थायी कमिटीको बैठक भोलिसम्म स्थगित



काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आजका लागि बस्ने भनिएको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तता र आवश्यक तयारी नपुगेकाले बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो ।

निर्धारित बैठक भोलि बस्ने गरी सरेको महासचिव देव गुरुङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको व्यस्तताको कारण बैठक भोलिका लागि सारिएको हो ।

बैठकमा पार्टी नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका, राष्ट्रपति निर्वाचन, गृह मन्त्रालयलगायतका विषयमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ५६ बजे

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण