२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पीएसजीको सहज जित



काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले मोन्टपेलिरलाई ३-१ गोल अन्तरले हराएको हो ।

पीएसजीको जितमा फाबिना रुज, लियोनल मेस्सी र वारेन जाइर-मेरीले एक-एक गोल गरे । उता मोन्टपेलिरका लागि अर्नाउड नोर्दीनले एक गोल फर्काए ।

पहिलो हाफ गोल रहित बराबरी खेलेको पीएसजीले तीन वटै गोल दोस्रो हाफमा गरेको हो । खेलको ५५ औं मिनेटमा रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । खेलको ७२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

खेलको ८९ औं मिनेटमा मोन्टपेलिरका लागि नोर्दिनले गोल गर्दै टिमलाई २-१ गोलको अवस्थामा ल्याए । खेलको इन्जुरी समयमा वारेनले गोल गर्दै टिमलाई ३-१ गोलको जित दिलाए ।

जितसँगै पीएसजीले लिग वानमा २१ खेल खेल्दै ५१ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित मोन्टपेलिर २० अंक जोडेर तालिकाको १४औं स्थानमा छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : २९ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई