२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

देवदह माविको ३९ औं वार्षिकोत्सव : छिट्टै नमूना विद्यालय बनाउने प्रतिवद्धता



देवदह । देवदह माविले ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले शिक्षा नै समाज विकासको पहिलो आधार भएकाले नगरपालिकाले शिक्षा क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले विद्यालय व्यवस्थापन समितिले अघि सारेका योजना र कार्यक्रम कार्यान्वयनमा नगरपालिकाले यथासम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले अझै पनि छोरा र छोरीलाई दिइने शिक्षामा विभेद रहेकाले त्यसलाई हटाउंदै जानुपर्ने बताइन् ।

विद्यालय विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरज खरेललले केही बर्षमै विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार गर्ने बताए ।

विद्यालयको स्वामित्वमा रहेको ११ बिघा जग्गाको गुरुयोजना बनाएर भविष्यमा नगरपालिकाकै नमुना विद्यालय बनाउने गरी आफूले मेहनत गरेको अधयक्ष खरेलले बताए । विद्यार्थीलाई दिवा खाजाका लागि दिइने १५ रुपैयाँ ज्यादै कम भएकोले बढाउन, टिनको छानामा फल्ससिलिङ राख्न, शान्ति सुरक्षाको लागि सिसिटिभी क्यामेरा जडान गर्नमा नगरपालिकाले सहयोग गर्नुपर्ने अध्यक्ष खरेलले माग गरे ।

कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वार्टरका पृतनपति यम ढकाल, नगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, नगर शिक्षा अधिकारी टिकाराम शर्मा, देवदह आदर्श क्याम्पसका प्रमुख मित्रलाल शर्मा, एमाले जिल्ला सदस्य प्रकाश अर्याल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष उमाकान्त अधिकारी, पुर्व प्रधानाध्यापक लिलाधर पाण्डे, शिक्षिका इन्दिरा अर्याल, शिक्षक हरि पाण्डे, टिका अधिकारी लगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताए ।
सो अवसरमा उत्कृष्ट शिक्षक शिव पौडेल र दुर्गा पन्थी तथा कर्मचारी रामु गैरेलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ६ : ४७ बजे

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?