२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

देवदह माविका युनिकले ल्याए ३.९५ जिपिए



देवदह । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहिबार प्रकाशन भएको छ । यतिबेला उत्कृष्ट अंक ल्याएका विद्यालयले आफू नेपाल, जिल्ला अनि पालिका प्रथम भएको दाबी गरिरहेका छन ।

देवदह नगरपालिका वडा नं ७ मा रहेको देवदह माविले आफ्नो विद्यालयका विद्यार्थी युनिक अधिकारीले ३.९५ जिपिए सहित नगर प्रथम भएको दाबी गरेको छ ।

देवदह माविका प्रधानाध्यापक हरि प्रसाद पाण्डेले आफुहरु उत्कृष्ट नतिजा सहित देवदह नगरपालिका प्रथम भएको दाबी गरेका छन ।

प्रधानाध्यापक पाण्डेले जस्तै देवदह मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरज खरेलले पनि आफ्नो विद्यालय नगर प्रथम र जिल्लामै उत्कृष्ट विद्यालयमध्ये एक भएको दाबी गरे । “हामीले गुणस्तरीय शिक्षामा ध्यान दिएर अध्यापन गराएको नतिजा एसईईले देखाएको छ, हामी नगर प्रथम भएका छौँ” उनले भने ।

यसै विषयमा हामिले देवदह नगरपालिकाका शिक्षा अधिकृत पर्शुराम ढकालसङ्ग कुराकानी गर्यौँ । उनले अहिलेसम्म देवदह नगरपालिकाका विद्यालयको एसईई नतिजाको सबै तथ्यांक आफुहरुले ननिकालिसकेको र सबै विद्यालयको नतिजा अध्ययन गर्दा देवदह माविनै नगर प्रथम भएको हुन सक्ने बताए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ६ : २८ बजे

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, राजदूत नियुक्तिको सिफारिस हुन सक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुक्रबार बस्ने भएको छ। ​सिंहदरबारस्थित प्रधानमन्त्री

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

“सपना हो कि विपना हो यो, के हो जिन्दगी ?