२२ असार २०८३, सोमबार | July 7, 2026

लामीडाँडा विमानस्थलमा उडान नहुँदा होटलमा लाग्यो ताला



खोटाङ । खोटाङको लामीडाँडा विमानस्थलमा उडान बन्द हुँदा दर्जनौं होटल बन्द भएका छन् । रावाबेँसी गाउँपालिका-३ लामीडाँडास्थित विमानस्थलमा २०७३ सालदेखि उडान नहुँदा दर्जनौं होटलमा ताला लागेको हो ।

२०२८ सालदेखि सञ्चालनमा आएको लामीडाँडा बिमानस्थलमा उडान नहुँदा स्थानीय होटल तथा पसल सुनसान बनेको छ । बिमानस्थलका कारण आर्थिक केन्द्रका रुपमा विकास हुँदैगएको लामीडाँडामा हिजोआज ग्राहक पाउन छाडिएको स्थानीय व्यवसायी जगत थापाले बताए । दुई चार वटा बाहेक अन्य होटलहरुमा ताला लागेको छ । होटल तथा पसल अगाडि झारपात पलाएको छ । भिडभाड हुने होटल चल्न छाडेपछि अधिकांश व्यवसायी पुरानै पेशा खेतीपातीतिर फर्किएका छन् ।

खोटाङका तीन वटा बिमानस्थलमध्ये लामीडाँडा बिमानस्थल सबैभन्दा पुरानो बिमानस्थल हो । पर्यटकीय सिजनमा लामीडाँडा बिमानस्थलमा एकैदिन हजाइजहाज र हेलीकोप्टर गरी ६० देखि ६८ फ्लाईट हुन्थ्यो । यात्रुको ओहोर-दोहोरले होटल र पसलमा ग्राहक भरिभराउ हुन्थे । फ्लाईट क्यान्सिल हुँदा उत्तिकै मात्रामा यात्रु रोकिन्थे । तर, कच्ची र धुलाम्मे बिमानस्थल हुँदा नियमित उडान भइरहेको बिमानस्थलमा कालोपत्रे गरेपछि भने उडान हुन छाडेको लामीडाँडाका वडासदस्य महेशकुमार श्रेष्ठले बताए । कालोपत्रे गरिएपछि लामीडाँडामा २०७६ असार ३ गते परिक्षण उडान भरिएको थियो । त्यस यता बिमानस्थललाई परिक्षण उडानमै सिमित राखिएको छ । २०७३ असोज १९ गतेदेखि सुरु गरिएको बिमानस्थल कालोपत्रेको काम २०७५ चैत २८ गते सकिएको थियो । सेड्युल बनाएर उडान नहुँदा र यात्रु नपाउँदा लामीडाँडामा उडान बन्द भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेस्थित मनमायाँ राई खानीडाँडा बिमानस्थल र खोटेहाङ गाउँपालिका-४ बड्कादियालेस्थित थामखर्क विमानस्थल सञ्चालनमा आउनु अगाडि लामीडाँडा बिमानस्थल जिल्लाको एक मात्र हवाई यात्राको माध्यम थियो । लामीडाँडामा दैनिक यात्रुको घुईचो लाग्ने गरेको थियो । होटल तथा व्यापार व्यवसाय फस्टाउँदो थियो । होटलबाट स्थानीय व्यवसायीले राम्रो आम्दानी गर्दैआएका थिए । तर हिजोआज बैंकमा आउने सेवाग्राहीको कारण मात्र लामीडाँडामा केही जमघट हुने गरेको देखिन्छ । उडान नहुँदा  रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिका, ओखलढुंगाको कुइभीर र सोलुखुम्बुका केही स्थानका स्थानीय बढी मारमा परेका छन् । यातायात, पर्यटन, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा उत्तिकै अशर परिरहेको छ । उडान नहुँदा बिरामी र अशक्तलाई उपचारका क्रममा अन्यत्र लैजान समस्या भइरहेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए ।

सोलुखुम्बु, पाथीभरा, हलेसी सिजनमा लामीडाँडामा पार्किङ अभावमा जहाज र हेलीकोप्टरलाई आकाशमै होल्डमा राखेर अवतरण गराइन्थ्यो । पर्यटकीय सिजनमा धेरैजसो सोलुखुम्बुको लुक्ला ओहोर दोहोर गर्ने जहाजलाई लामीडाँडामा ‘वेटिङ फ्लाईट’ गराइन्थ्यो । तर कालोपत्रे बिमानस्थलमा परिक्षण उडानपछि सिता एयरको जहाजले दुई पल्ट उडान भर्नु बाहेक अन्य उडान हुन सकेको छैन । यसबीचमा मौसमका कारण लुक्ला र फाप्लुबाट डाइभर्ट भएका हेलीकोप्टरले १०/१५ पटक ‘वेटिङ फ्लाईट’ गरेको स्थानीय बताउँछन् ।

पछिल्लो समय खोटाङमा बैकल्पिक बिमानस्थल सञ्चालनमा आए । सँगसँगै गाउँ-गाउँ पुग्ने सडक सञ्जाल विस्तार भए । अहिले यात्रु लिनकालागि घर घरमै जिप पुग्न थालेको छ । त्यसका कारण पनि लामीडाँडा बिमानस्थलमा नियमित उडान हुन नसकेको स्थानीय युवा नेता खेमराज देउसालीले बताए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : २९ बजे

प्रगतिवादी लेखक संग्रौलाले गरे लेखक साहनीका तीन पुस्तकको विमोचन

बुटवल । लेखक साहित्यकार दील साहनीको तीन कृतिको आईतबार बुटवलमा

बाल विकास केन्द्रलाई लायन्स क्लबको सहयोग

बुटवल । लायन्स क्लब अफ बुटवलले बुटवल उपमहानगरपालिका वडा नं.

व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गी पराजुलीमाथि सम्पत्ति शुद्धीकरणको

बाँकेमा ३० प्रतिशत मात्रै रोपाइँ

नेपालगन्ज । यस वर्ष पर्याप्त वर्षा नहुँदा अहिलेसम्म बाँकेमा करिब

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ