७ आश्विन २०८३, बुधबार | September 23, 2026

कुसुन्डा भाषाको चौथो चरणको कक्षा सञ्चालन गरिँदै


२० माघ २०७९, शुक्रबार  


देउखुरी । भाषा आयोगले लोपोन्मुख कुसुन्डा भाषालाई संरक्षण गर्ने अभियान चलाएको छ । सोही कार्यक्रमअन्तर्गत चौथो चरणको भाषा कक्षा गर्दै छ । तेस्रो चरण पूरा गरेर चौथो चरणमा सिकाइ हुँदै छ । दाङको घोराही-५ महेन्द्र मावि धर्नामा कक्षा सञ्चालन गरिँदै छ ।

भाषा आयोगका सदस्य अमर गिरीले कुसुन्डा भाषा संरक्षणका लागि समुदायस्तरबाट लाग्नुपर्ने बताए । लोप हुन थालेको भाषालाई संरक्षण गर्नका लागि भाषा आयोगले कार्यक्रम ल्याएको बताए । “भाषा कुनै जातिको मात्रै होइन सबैको साझा हो, एउटा भाषा जीवित राख्नमा सम्बन्धित समुदाय पनि जागरुक हुनुपर्छ”, उनले भने ।

भाषा आयोगका सदस्य अमृत योञ्जनले भाषाभित्र व्यापक ज्ञान हुन्छ, भाषा संस्कार र संकृतिसँग जोडिएको बताए । कुसुन्डा भाषा नेपालमा मात्रै बोलिन्छ । पाठ्य सामग्री तयार गरेर बालबालिकालाई लेख्न लगाउनुपर्नेमा जोड दिए ।

कुसुन्डा भाषा सिकाउनुको उद्देश्यमाथि प्रकाश भाषा आयोगका उपसचिव माधवप्रसाद दाहालले कुसुन्डा भाषा लोपोन्मुख र सङ्कटोत्पन्न भाषा भएकाले ९० घण्टाको समय दिएर सिकाउने गरिएको बताए । उनले नेपालमा एक सय २३ भाषा बोलिन्छ, त्यसमध्ये कुुसुन्डा भाषा पनि एक रहेको बताए । यो भाषाको व्याकरण निर्माण गरेर पछिल्लो पुस्तालाई सिकाउनुपर्ने बताए ।

घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले भाषा संरक्षणमा नगरले सहयोग गर्न तयार गरेको बताए । शून्यमा झर्न लागेको कुसुन्डा भाषालाई पछिल्लो पुस्ताले घरपरिवार र साथीका बीचमा बढी प्रयोग गरेमा भाषा जीवित हुने बताए ।

कुसुन्डा भाषाका अभियन्ता एवं पुस्तक लेखक उदयराज आलेले शून्यबाट सुरु गरिएको भाषा अहिले तेस्रो चरणको सिकाइ सकेर चौथो चरणको सिकाइमा प्रवेश गर्न सकेकामा खुसी व्यक्त गरे । महेन्द्र माविमा धर्नामा १२ र घोराही उपमहानगरपालिका–१८ सुपैलाखुटीमा १२ गरी २४ जनाले यो भाषालाई सिकिरहेको बताए । उनले पहिलो चरणमा औपचारिकरूपमा बोल्न सिकाइएको, दास्रो चरणमा लेख्न र पढ्न सिकाइएको र तेस्रो चरनमा व्याकरण सिकाइएको आलेले बताए । चौथो चरणमा भाषा जोगाउनलाई बोल्न सिकाउनुपर्छ भन्ने मान्यताले सिकाइ अगाडि बढाउने उनले बताए ।

नेपाल कुसुन्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुन्डाले अन्य जिल्लामा यो भाषा बोल्ने व्यक्ति नभएको बताए । दाङमा एक जनामात्रै वक्ता रहेको र पछिल्लो पुस्ताले यो भाषालाई जोगाइराख्नका लागि सिकाइले उपलब्धि भएको बताए । उनले कुसुन्डा विकास समाजले गरेको सर्वेक्षणमा एक सय ६१ जनसङ्ख्या रहेको बताए ।

कुसुन्डा भाषाका एकमात्रै वक्ता कमलासेन कुसुन्डाले ज्ञानीमायाको मृत्युपछि आफू एक्लै भएको बताए । आफूसँगै भाषा पनि मर्ने थियो भाषा आयोगले संरक्षण गरेर पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न पाएकामा खुसी व्यक्त गरे ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ०९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई