३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पक्राउ परेका सांसद चौधरी कारागार चलान



धनगढी । ट्याक्टरमा आगजनी गरेको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का नागरिक उन्मुक्तिबाट विजयी सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् ।

बिहीबार बाँकेमा पक्राउ परेका चौधरीलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेकोमा अदालतबाट कैदी पुर्जी बुझेर कारागार चलान गरिएको छ ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था भएपनि चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतले जनाएको छ । १५५ को सुविधा लागि चौधरीले कारागारबाटै निवेदन दिन सक्ने अदातलका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले बताए । जोशीका अनुसार सांसुद चौधरीले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्ने छन् ।

२०६६ सालमा आन्दोलनका क्रममा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए ।

नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । पक्राउ परेको खबर सार्वजनिक भए लगत्तै उन्मुक्तिका कार्यकर्ताहरुले कैलालीमा प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ११ : २१ बजे

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा