६ माघ २०८२, मंगलबार | January 20, 2026

पक्राउ परेका सांसद चौधरी कारागार चलान



धनगढी । ट्याक्टरमा आगजनी गरेको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली–२ का नागरिक उन्मुक्तिबाट विजयी सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् ।

बिहीबार बाँकेमा पक्राउ परेका चौधरीलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेकोमा अदालतबाट कैदी पुर्जी बुझेर कारागार चलान गरिएको छ ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था भएपनि चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतले जनाएको छ । १५५ को सुविधा लागि चौधरीले कारागारबाटै निवेदन दिन सक्ने अदातलका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले बताए । जोशीका अनुसार सांसुद चौधरीले जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्ने छन् ।

२०६६ सालमा आन्दोलनका क्रममा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

जिल्ला अदालत कैलालीले ९ वैशाख २०७० मा तीनै जनालाई दोषी ठहर कैद तथा जरिवाना सुनाएको हो । दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी एक साताअघि पक्राउ परेका थिए ।

नागरिक उन्मुक्ति पार्टीले भने सांसद चौधरीको पक्राउको विरोध गर्दै आएको छ । पक्राउ परेको खबर सार्वजनिक भए लगत्तै उन्मुक्तिका कार्यकर्ताहरुले कैलालीमा प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ११ : २१ बजे

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले