१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

बैंकको चर्को व्याजले विस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यावसायीहरुको चिन्ता



बुटवल । लुम्बिनी ईट्टा उद्योग व्यावसायी संघ रुपन्देहीको २४ औं वार्षिक साधारणसभा सम्पन्न शुक्रबार रुपन्देहीको सियारी स्थित बाउन्नकोटीमा सम्पन्न भएको छ । सो अवसरमा बोल्दै व्यावसायीहरुले आर्थिक संकटका कारण व्यवसायीहरु बिस्थापित हुने अवस्थामा पुगेको चिन्ता व्यक्त गरेका छन् ।

बैंकको उच्च व्याजदर, लागतमा वृद्धि तथा खपत घट्नुका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरुले बताएका छन् । कार्यक्रमको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष अजय कुमार गुप्ताले उद्योगका लागि भारतबाट निर्यात गरिने कोइलाको दोब्बर मूल्य वृद्धिले थप समस्या पारेको उल्लेख गरे ।

यसैगरी ८ प्रतिशतमा लिएको ऋणको व्याज दोब्बर भएर १६ प्रतिशतमा पुगेको बताउँदै उनले बैंकले गरेको अन्यायका विरुद्ध सरकार समेत निरिह बनेको उल्लेख गरे । प्रतिवेदन प्रस्तुत गर्दै गुप्ताले नेपाली कच्चा पदार्थहरुको प्रयोग गरेर ईट्टा उद्योगहरु सञ्चालनमा आएको बताउँदै प्रोत्साहन गर्न सरकारले पूर्वाधार निर्माण गर्दा यसको प्रयोगमा जोड दिनुपर्ने माग गरे ।

कार्यक्रममा ईट्टा व्यवसायी महासंघका सल्लाहकार तथा पूर्व मेयर हरिप्रसाद अधिकारीले व्यावसायीहरुको समस्याप्रति राज्य गम्भीर नभए आन्दोलनका लागि तयार हुन आह्वान गरेका छन् । स्वदेशी उत्पादन र उद्योगहरुको संरक्षणका लागि राज्य गम्भीर बन्नु पर्ने बताउँदै उनले हाल देखिएको चरम आर्थिक संकटको समाधान खोज्न आग्रह गरे । यसैगरि उद्योगी तथा परिसंघ लुम्बिनीका उपाध्यक्ष सफलअलि मियाले बैंकको ज्यादतीले व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका उपाध्यक्ष जिबकान्त काफ्ले, चेम्बरअफ कमर्स रुपन्देहीका अध्यक्ष अनिकल ज्ञवाली, सिद्धार्थ उद्योग बाणीय संघ अध्यक्ष कृष्ण न्यौपाने लगायतले नीजि क्षेत्रको समस्याप्रति राज्य गम्भीर भन्नू पर्नेमा जोड दिए ।

पत्रकारद्वय भुसाल र गुप्ता सम्मानित

संघले वार्षिक साधारणसभाको अवसरमा पत्रकार यमलाल भुसाल र रबिन्द्र गुप्तालाई सम्मान गरेको छ । पत्रकारिताको क्षेत्रबाट वयवसायीहरुका समस्या बारे आवाज उठाए सहयोग गरेको भन्दै संघले नगद राशीसहित सम्मान गरेको हो । यसैगरी लुम्बिनी प्रेस क्लबको नव निर्वाचित अध्यक्ष सम्झना शर्मालाई समेत कार्यक्रममा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ३५ बजे

जनताप्रति उत्तरदायी बन्न सरकारलाई राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

गृहमन्त्री गुरुङद्वारा तीन अध्यादेश पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा तथा १४ अधिवेशनको तयारी पुरा

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारणसभा

रोस्टमबाट हर्क साम्पाङले गरे एमसीसी सम्झौता खारेजीको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले एमसीसी

राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्न तयार छौं : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी सांसद वर्षमान पुनले राष्ट्र निर्माण,