२१ बैशाख २०८३, सोमबार | May 4, 2026

तेस्रो डिष्ट्रिक लेभल रोटरी व्याडमिन्टनको तयारी पूरा



बुटवल । रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा शनिबार तिलोत्तमामा तेस्रो डिष्ट्रिक लेभल रोटरी व्याडमिन्टन २०२२-२३ प्रतियोगिता हुने भएको छ । रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान अन्तरगतका क्लबका सदस्य बीचमा भातृत्व विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको रोटरी क्लब अफ बुटवलका अध्यक्ष बोनिन पियाले शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । क्लबका आफना सदस्यहरु बीचमा खेलमार्फत भाईचारा विकास गर्ने रुपमा प्रतियोगितालाई लिएको उनले बताए । विश्वमा नै ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मुल नारा आत्मसात गर्दै रोटरी क्लबले शिक्षा, स्वस्थ्य, खानेपानी, सरसफाई, मातृशिशु र वातावरण जस्ता मानव जीवनका आधारभुत क्षेत्रमा सामाजिक र मानविय कार्यमार्फत अभियान चलाउँदै आएको छ ।

तिलोत्तमा ब्याडमिन्टन क्लब शंकरनगरमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको रोटरी क्लब अफ डाउनटाउनका अध्यक्ष भरत रानाले बताए । मेन्स डबल्स र भेट्रान्स गरी दुई इभेन्टमा हुने प्रतियोगिताको मेन्स डबल्सतर्फ उपाधि विजेता टिमले नगद २० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी दोस्रो र तेस्रो टिमलाई क्रमशस् नगद १५ हजार र १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

भेट्रान्सतर्फ भने उपाधि विजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा दोस्रो र तेस्रो टिमलाई क्रमश १० हजार र ६ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १ सय ५६ क्लबहरुबाट ४० टिम सहभागी हुने अनुमान गरिएको छ । ४ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता ईटहरीमा पहिलो र बुटवल डाउनटाउनको आयोजनामा दोस्रो गरि दुई संस्करण सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक टिकाराम पन्थ, क्लबका सचिव लालहरि पाण्डे, कोषाध्यक्ष जिवकान्त काफ्लेलगायतले आ(आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ५ : ५४ बजे

लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

दाङ । लुम्बिनी प्रदेश सरकारले नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो