२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

कर्णालीमा कुष्ठरोगीको संख्या घट्दो, लागूऔषध दुव्यर्सन बढ्दो



सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेका छन् भने हाल ८४ जना कुष्ठरोगका विरामी उपचारमै रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म सात वर्षको अवधिमा प्रदेशभर सो संख्यामा कुष्ठरोगका बिरामी फेला परेको समेत निर्देशनालयले जानकारी दिएको छ । प्रदेशका दश जिल्लामा गरी ८४ जनाले उपचार गराउँदै आएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

जुम्लामा १०, कालिकोटमा ८, हुम्लामा २,  सुर्खेतमा १५ जना, दैलेखमा १२, सल्यानमा ११, रुकुमपश्चिममा ११, जाजरकोटमा ११, डोल्पामा २ र मुगु जिल्लामा २ जना बिरामी रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठ अधिकृत पदमबहादुर केसीले जानकारी दिए ।

संक्रमितहरूको जिल्लाका स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य चौकीलगायतमा उपचार भइरहेको छ । हाल कर्णालीमा कुष्ठरोग निवारणकै अवस्थामा रहेको समेत निर्देशनालयको भनाइ छ । प्रति दश हजार जनसंख्यामा १ जनाभन्दा कम बिरामी भएको अवस्थालाई निवारणको अवस्था मानिन्छ ।

लागूऔषध दुव्यर्सनी बढ्दो क्रम 

प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । उक्त घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन् ।

गत आव २०७८/७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता श्रेष्ठले बर्सेनि लागूऔषध दुव्यर्सनी बढेको भन्दै नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने बताए ।

 

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : ३२ बजे

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौँ । मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम