६ माघ २०८२, मंगलबार | January 20, 2026

कर्णालीमा कुष्ठरोगीको संख्या घट्दो, लागूऔषध दुव्यर्सन बढ्दो



सुर्खेत । कर्णाली प्रदेशमा सात वर्षमा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेका छन् भने हाल ८४ जना कुष्ठरोगका विरामी उपचारमै रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म सात वर्षको अवधिमा प्रदेशभर सो संख्यामा कुष्ठरोगका बिरामी फेला परेको समेत निर्देशनालयले जानकारी दिएको छ । प्रदेशका दश जिल्लामा गरी ८४ जनाले उपचार गराउँदै आएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

जुम्लामा १०, कालिकोटमा ८, हुम्लामा २,  सुर्खेतमा १५ जना, दैलेखमा १२, सल्यानमा ११, रुकुमपश्चिममा ११, जाजरकोटमा ११, डोल्पामा २ र मुगु जिल्लामा २ जना बिरामी रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका क्षयकुष्ठ अधिकृत पदमबहादुर केसीले जानकारी दिए ।

संक्रमितहरूको जिल्लाका स्वास्थ्य संस्था, प्राथमिक स्वास्थ्य चौकीलगायतमा उपचार भइरहेको छ । हाल कर्णालीमा कुष्ठरोग निवारणकै अवस्थामा रहेको समेत निर्देशनालयको भनाइ छ । प्रति दश हजार जनसंख्यामा १ जनाभन्दा कम बिरामी भएको अवस्थालाई निवारणको अवस्था मानिन्छ ।

लागूऔषध दुव्यर्सनी बढ्दो क्रम 

प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन् । उक्त घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन् ।

गत आव २०७८/७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए । त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता श्रेष्ठले बर्सेनि लागूऔषध दुव्यर्सनी बढेको भन्दै नियन्त्रणका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने बताए ।

 

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ६ : ३२ बजे

सर्लाही–४ मा गगन थापाको उम्मेदवारी वारेसमार्फत दर्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब नाघ्यो

काठमाडौं ।नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघेको छ । चालु

चितवन-२ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसमार्फत

गगन थापालाई कांग्रेस सभापतिका रूपमा काम गर्न सर्वोच्चको बाटो खुला

काठमाडौं । गगन थापालाई नेपाली कांग्रेसको सभापतिमा मान्यता दिने निर्वाचन

पूर्वप्रधानमन्त्री माधव नेपालले रौतहट-१ बाट गराए मनोनयन दर्ता

रौतहट । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले