४ पुस २०८२, शुक्रबार | December 20, 2025

माओवादी केन्द्र स्थायी कमिटीको बैठक अपरान्ह १ बजे बस्दै



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी पटक पटक सरेर शनिबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

समसमायकि राजनीतिक बिषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: गृह मन्त्रालय दिने वा नदिने बारेको छलफलसहित स्थायी कमिटी सदस्य र पोलिटब्युरो सदस्यलाई केन्द्रिय विभाग बाँडफाँडको अजेन्डाका लागि बसिरहेको बैठक शुक्रबार बस्न नसके पछि शनिबार १ बजे बोलाईएको हो ।

रास्वपाले बिहिबार नै सरकार छाडने संकेतका बिचमा बैठक बोलाइए पनि अन्ततस् पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यवस्तताको कारण छोटो समयमा नै बिहिबार स्थगित हुन पुगेको थियो ।

त्यसपछि शुक्रबार अपरान्ह ३ बजेको बैठक पनि बस्न नसके पछि शनिवार अर्थात आज १ बजे बोलाईएको हो । बैठकले मुख्यत: रास्वपासँगको विवाद र केन्द्रिय विभागहरुको कार्यविभाजनका बारेमा निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ४८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको